घटना-दुर्घटना

निसीखोला  बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

इकागज |
चैत ५, २०८० सोमबार २०:५८ बजे

बागलुङ- बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चार जना पुरुष र चार महिला रहेको बताइएको छ । 

मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।


घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भने, 'घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरू घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।'

 

यो पनि,

बागलुङको निसीखोलामा बस दुर्घटना : ७ को मृत्यु, २० जना घाइते


Author

थप समाचार
x