घटना-दुर्घटना

उदयपुरमा बाेलेराे दुर्घटना हुँदा ६ जनाको मृत्यु

इकागज |
चैत १, २०८० बिहीबार १२:४५ बजे

भोजपुर - धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।​

बाेलेरोमा १४ जना सवार थिए ।  दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएलगलगत्तै स्थानीयहरूसँग समन्वय गरी  प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।


मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।


Author

थप समाचार
x