घटना-दुर्घटना

लमजुङको दोर्दीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

इकागज |
माघ ७, २०८० आइतबार २०:३२ बजे

लमजुङ- जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जीप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटना परी ३ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

कामचोक गाउँ नपुग्दै चौतारोमुनि जीप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । दुर्घटनामा परेर दोर्दी गाउँपालिका-४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन् । वडा नम्बर ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन् ।


घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । उनका अनुसार जीपका चालक प्रहरीको नियन्त्रणमा छन् ।


Author

थप समाचार
x