घटना-दुर्घटना

डोटीमा जिप दुर्घटनाः चारको मृत्यु, पाँच घाइते

इकागज |
कात्तिक १९, २०८० आइतबार ७:८ बजे

फाइल फोटो

कैलाली - डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आइतबार बिहान साढे दुई बजे केआइसिंह राजमार्ग अन्तर्गत शिखर नगरपालिका -६ अन्यौल डोटीमा सडकबाट करिब ६० मिटर तल खस्दा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा हिमाली गाउपालिका -५ बाजुराकी २२ वर्षीया राधिका मलाल, राधिका कि ८ महिनाकी छोरी प्रार्थना मलाल,  सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र ६ बर्षिया धनशोभाकी छोरा कबिन्द्र बुढा रहेका छन । चारै जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


त्यस्तै दुर्घटनामा परि हिमाली गाउँपालिका -५ बाजुराकै प्रकाश बुढा, दान बहादुर बुढा, खोम बहादुर मलाल, बिमला मलाल र राज बहादुर मलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तबले जानकारी दिएका छन । 

घाइतेको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x