घटना-दुर्घटना

मनाङ एअरको हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु, पाँचजना मेक्सिकन नागरिक

बाबुराम भण्डारी |
असार २६, २०८० मंगलबार १४:४७ बजे

विराटनगर- सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना मेक्सिकन नागरिक र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको सोलु प्रहरीले जनाएको छ ।

मंगलबार विहान १० बजेर ५ मिनेटमा खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्के हेलिप्याडबाट काठमाडौँतर्फ उडेको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ को सीमावर्ती लिखुपिके गाउँपालिका–५ लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको सोलु प्रहरीले जनाएको छ ।


दुर्घटना स्थलमा शवहरू यत्रतत्र छरिएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगिसकेको त्यहाँ शव संकलनको कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

हेलिकप्टरमा मेक्सिकन नागरिकहरू सिफुएन्टेज जी फेरान्डो, गोन्जालेज एबरिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्टेज जी मारिया जोइस सवार र रिनकोन इस्माइल रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

याे पनि,

सोलुमा मनाङ एअरको हेलिकोप्टर दुर्घटना, ३ जनाको शव फेला

पाइलटसँग ‘हेल्लो’ शब्द कुराकानी भएपछि मनाङ एअरकाे हेलिकोप्टर सम्पर्कविहीन


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x