घटना-दुर्घटना

पुलबाट खसेर माेटरसाइकल चालककाे मृत्यु

सुभाष कर्ण |
असार १२, २०८० मंगलबार १७:७ बजे

जनकपुरधाम- हुलाकी राजमार्ग अन्तर्गत जनकपुरधाम-भिट्टामोड सडक खण्डमा पुलबाट खसेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यरात महाेतरीकाे जलेश्वरबाट जनकपुरतर्फ आइरहेकाे मोटरसाइकल जलेश्वर नगरपालिका-९ आगेपुरस्थित बिग्घी पुलबाट खस्दा माेटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका-२ निवासी ३० वर्षीय शंकर भनिने दीपेश ढुङ्गेलको मृत्यु भएको महाेतरी प्रहरीले जनाएकाे छ ।


मध्यरात ज८ प ६५३३ नं को मोटरसाइकलमा जनकपुर तर्फ जाँदै गर्दा अँध्यारोमा पुलको चौडाइ आकलन गर्न नसकी सडककै छेउबाट सीधा जान खोज्दा बिगही पुलमुनि खसेर उनकाे मृत्यु भएको घटनाको प्रारम्भिक अनुसन्धानमा देखिएकाे महाेतरी प्रहरीले जनाएकाे छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको प्रहरीले जनाएकाे छ । निर्माणाधीन हुलाकी सडकमा निर्माण कम्पनीले पटकपटक म्याद बढाएर समयमै सडक र पुल निर्माण सम्पन्न नगर्दा दुर्घटना हुँदै आएकाे स्थानीयकाे भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x