स्वास्थ्य

उच्च रक्तचाप के हो, कसरी नियन्त्रण गर्न सकिन्छ ?

इकागज |
कात्तिक २९, २०७८ सोमबार ९:४२ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ-  मुटुबाट रगत पम्प भएर शरीरको विभिन्‍न भागमा सञ्‍चालनहुने गर्छ । क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्दछ, यसलाई नै रक्तचाप भनिन्छ ।

यदि यो चाप बढी भयो भने यसलाई उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) र कम भयो भने न्युन रक्तचाप (लो ब्लड प्रेसर) भनिन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ ।


उच्च रक्तचाप भन्‍नाले माथि १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

कसरी कम नियन्त्रण गर्ने उच्च रक्तचाप ?
उच्च रक्तचाप कम गर्न मुख्यतः तीन विषयमा ध्यान दिनु पर्ने हुन्छ । जीवनशैली, खानपान र मानसिक व्यवस्थापन ।

क. जीवनशैली
१. रक्तचाप कम गर्न सुत्ने र उठ्ने समय सहि हुन आवश्यक छ ।
२. यस अलावा नियमित व्यायाम गर्ने, प्राणयाम गर्नु पर्दछ ।
३. व्यायामले शरीरमा रक्त प्रवाह राम्रो बनाउँछ साथै मानसिक शान्ति समेत मिल्दछ ।
४. लामो समय एकै स्थानमा नबस्ने बीचबीचमा उठेर केहिबेर हिड्ने ।
५. बिहान उठेपछि नियमित ४५ मिनेटसम्म छिटो छिटो पैदल हिड्ने ।

ख. मानसिक व्यवस्थापन
१. उच्च रक्तचाप कम गर्न मानसिकत व्यावस्थापन महत्वपुर्ण हुन्छ ।
२. मानसिक व्यावस्थापनमा आफूलाई सकेसम्म कम तनावमा राख्नु पर्दछ ।
३. एकै पटक धेरै कामको बोझ नलिने साथै मनलाई फ्रेस बनाएर राख्ने ।
४. कुनै पनि बिषयको गहिरो चिन्ता, महत्वकांक्षा र असन्तोष नलिने ।
५. आफ्नो रिसलाई काबुमा राख्ने साथैसंयमतालाई गुम्न नदिने ।

ग. खानपान
१. खानामा नुनको कम प्रयोग घटाउने, प्रसस्त पानीको सेवन गर्ने ।
२. चिल्लो, तारेको, भुटेको वा प्याकेट बन्द खानेकुरा नखाने ।
३. मैदाजन्य, मदिरा, धुमपान लगायतका खानाबाट टाढा रहने ।
४. सकेसम्म उच्च फाइबरयुक्त खानेकुरा तथा फलफूलको सेवन बढाउने ।
५. रातो मासु नखाने बरु माछा, अन्डाको सेतो भाग, सिस्नु, ग्रीन टिको सेवन गर्ने ।


Author

थप समाचार
x