स्वास्थ्य

किन हुन्छ मधुमेह? कसरी सुरक्षित हुने

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार ११:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- मधुमेहको बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । गाउँमा भन्दा बढी सहरमा नै यसका बिरामीहरू भेटिने गरेका छन् । हिजोआज त एक घर एक मधुमेह रोगका मानिस भेटिन थालेका छन् । आम मानिसलाई पनि यो मधुमेह लाग्न सक्छ ।

आखिरमा सबैलाई लाग्‍ने मधुमेह के हो त? मधुमेह अर्थात डायबिटीजलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि यो रोग लाग्ने गर्छ ।


मधुमेहका लक्षणहरू

छिटो-छिटो पिसाब र तिर्खा लाग्‍ने ।

बढी भोक लाग्‍ने ।

शरीरको वजन घट्ने, थकाई महसुस हुने र शरीर कमजोर हुने ।

लामो समयसम्म शरीरमा लागेको घाउ चोटपटक निको नहुने ।

हातखुट्टा झमझमाउने र रिंगटा लाग्ने ।

मधुमेहबाट बच्‍न के गर्नुपर्छ :

जीवनशैली परिवर्तन गर्नुपर्छ ।

तौल नियन्त्रण गर्नुपर्छ ।

दैनिक शारीरिक अभ्यास गर्नुपर्छ ।

सन्तुलित र नियमित भोजन लिनुपर्छ ।

मानसिक तनाव घटाउने र नियमित योग ध्यान प्राणयाम अभ्यास गर्ने ।

धुम्रपान र मद्यपान सेवन नगर्ने ।

नुन र बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्ने ।

फलफूल, सागपात एवं कम बोसो र दुधजन्य खानेकुराहरू सेवन गर्ने ।

बिरामीले प्रत्येक ६-६ आँखा, मुटु र मिर्गौलाको परीक्षण गराउने ।

 

 


Author

थप समाचार
x