स्वास्थ्य

काठमाडौँको कुन- कुन अस्पतालमा भूकम्पमा परी घाइते हुनेको उपचार हुँदैछ ?

इकागज |
कात्तिक २३, २०८० बिहीबार १५:५५ बजे

फाइल तस्बिर

काठमाडौँ-  जाजरकोटको भूकम्पमा परी घाइते हुनेहरूलाई काठमाडौँको दुई अस्पतालमा ११ जनाको उपचार भइरहेको छ ।  त्रिवि शिक्षण अस्पतालमा १० जना र राष्ट्रिय ट्रमा सेन्टरमा १ जनाको उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

त्यसैगरी, भेरी अस्पतालमा ४५, प्रदेश अस्पताल सुर्खेतमा २१ र जाजरकोट जिल्ला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालमा गरी हालसम्म ८९ जना उपचाररत छन् ।


उपचाररत आठ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मध्यम ४२ र सामान्य घाइते ३९ जना रहेका छन् ।

कुल ३७२ जना घाइते भएका छन् । हालसम्म २८३ जना घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

गत शुक्रबार राती जाजरकोटको रामीडाँडामा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५७ जनाले ज्यान गुमाइसकेका छन् ।

 

 

 


Author

थप समाचार
x