स्वास्थ्य

भेरी अस्पतालले भूकम्पबाट घाइते तीन जनालाई त्रिवि शिक्षण अस्पताल पठायो

इकागज |
कात्तिक २३, २०८० बिहीबार ९:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपालगन्जको भेरी अस्पतालले भूकम्पका तीन जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल रिफर गरेको छ । भेरी अस्पतालमा उपचार हुन नसक्ने भएपछि तीन जना घाइतेलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रिफर भएका हुन् ।

अस्पतालका अनुसार रिफर हुनेमा सल्यान बनगाड कुभिन्डे-२ का ३२ वर्षीय मोहन विष्ट, जाजरकोट नलगाड-२ की १६ वर्षीया जुना विष्ट र रुकुम पश्चिम सानीभेरी-१ का २६ वर्षीय धनसिंह रावल रहेका छन् ।


उनीहरू तीनै जनालाई हवाईजहाजमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको हो । तीनै जनाको मिर्गौलामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ ।


Author

थप समाचार
x