स्वास्थ्य

पाटन अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा ठप्प

इकागज |
कात्तिक २१, २०८० मंगलबार १०:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेका छन् । औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेका थिए । आन्दोलित आवासीय चिकित्सकले अस्पतालको अन्य सेवा ठप्प पारेका हुन् ।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।


शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै उनीहरूको मृत्यु भएको थियो ।

कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

शनिबार दिउँसो नर्सले सुई मार्फत एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै बिरामीको मृत्यु भएको थियो । चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघका महासचिव डा.सञ्जीव तिवारीले आपत्ति जनाएका छन् ।


Author

थप समाचार
x