स्वास्थ्य

मन्त्री बस्नेतले भने : स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा मसँग धेरै नेता रिसाए

इकागज |
असोज २६, २०८० शुक्रबार १८:४८ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरूको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरू आफूसँग रिसाएको बताएका छन् ।

काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केही कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरूको काज फिर्ता गराउन सफल भएको बताएका हुन् । उनले आफूसँग रिसाएका नेताहरू दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए ।


मन्त्री बस्नेतले देशभरी स्वास्थ्यका भवनहरू शिलान्यास भए पनि एउटा पनि उद्घाटन नभएको उल्लेख गरे । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भए पनि लिएर प्रक्रिया अघि बढाउने उनले बताए ।

स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रूपमा मन्त्रालय रहेको भन्दै यसलाई चिरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने आवश्यकता औंल्याए ।

 


Author

थप समाचार
x