स्वास्थ्य

कैलाशमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा सञ्चालन

इकागज |
असोज २५, २०८० बिहीबार २०:२६ बजे

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । पालिकाकाे वडा नम्बर ७ स्थित स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएकाे हाे ।

भौगोलिक विकटताको कारण सहज र सुलभ स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित कैलाशका स्थानीयलाई वर्थिङ सेन्टर तथा भिडियो एक्सरेसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएसंगै उपचारमा सहज हुने भएकाे छ । बुधबारबाट कैलाशमा भिडियो एक्सरेसहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर  कार्यको सुरुवात गरिएकाे छ ।


बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले एक्सरेसहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । पालिकामा रहेको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष माेक्तानले बताए । कैलाश गाउँपालिका चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताए ।

वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले परीक्षण सुविधा लिएकाे वडाध्यक्ष भ्लोनले जानकारी दिए । विदुर भण्डारीसहितकाे स्वास्थ्य टोलीले गर्भवती महिलाकाे स्वास्थ्य परीक्षण गरेका थिए । गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर कार्यक्रम पालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित गर्भावस्था जाँच सेवा प्रदान गर्ने र  हेटौंडा अस्पतालका डाक्टर विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताए ।

त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले स्वास्थ्य चौकीबाट नै सेवा प्रदान गर्ने बताए । यादवले पालिकाकाे वडा नम्बर २,३,५,८,९ मा यस अघि नै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए ।  


Author

थप समाचार
x