स्वास्थ्य

आजदेखि किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

इकागज |
भदौ २७, २०८० बुधबार ११:२९ बजे

सांकेतिक तस्बिर

काठमाडौं- सरकारले बुधबार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो । 

कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा आफ्नो उमेर खुल्ने परिचय पत्र देखाएर किशोरीले खोप लगाउन सक्नेछन् । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।


नियमित खोप चल्ने भएकाले २८ र २९ भदौमा कोशी र मधेश प्रदेशमा सञ्चालन हुनेछ भने बाँकीमा बुधबारदेखि सुरु हुनेछ । 


Author

थप समाचार
x