स्वास्थ्य

काठमाडौँ उपत्यकामा कहाँ-कहाँ देखियाे हैजा संक्रमण ?

थप एकसहित काठमाडौँ उपत्यकामा ९ जना हैजाका बिरामी ​

इकागज |
असार १२, २०७९ आइतबार १७:३७ बजे

काठमाडौँ-  काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा संक्रमण पुष्टी भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार आज थप एक जनामा संक्रमण पुष्टी भएकाे हो । याे सँगै काठमाडौँ उपत्यकामा हैजाबाट बिरामी हुनेहरूकाे संख्‍या ९ पुगेकाे कार्यालयले जनाएकाे छ ।

संक्रमण भेटिएका स्‍थानहरूमा चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, बागबजार, डिल्लीबजार, बालाजु, बल्‍खु रहेका छन् ।  


संक्रमितहरूको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । यसअघि पनि काठमाडौँ बागबजारका दुई जनामा हैजा देखिएको थियो । उनीहरू उपचारपछि घर फर्किसकेका छन्। 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।


Author

थप समाचार
x