सरकार

रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौं : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
चैत ५, २०८० सोमबार १४:४७ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री श्रेष्ठले सो बारे जानकारी दिएका छन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउने वार्ता अघि बढाएको बताए । 


उनले रुसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रुसलाई अनुरोध गरिएको उनको भनाइ छ ।

‘मैले रुसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरेँ । रुसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रुसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ बैठकमा मन्त्री श्रेष्ठले भने । 


Author

थप समाचार
x