सरकार

उपभोक्ता अदालत छिटो स्थापना हुन्छ : मन्त्री गिरी

इकागज |
चैत १, २०८० बिहीबार १२:१४ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत चाँडै स्थापन हुने बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले उपभोक्ता अदालत अनिवार्य रहेकाले चाँडै स्थापना हुने बताए । 


सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न आदेश दिइसकेको बताउँदै उनले उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताको हित, अधिकारलाई संरक्षण गर्न सकिने बताए ।


Author

थप समाचार
x