सरकार

लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री महत

इकागज |
फागुन १४, २०८० सोमबार १६:५९ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

लघुवित्त र मिटरब्याज पीडितहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका हुन् ।


उनले लघुवित्तको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने र ऋण लिएकाहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राखे । संसद् भित्र र संसद् बाहिर पनि लघुवित्त पीडितको मागप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पहरूमा सरकार गम्भीर रहेको बताए ।

हिजोको दिनमा सहकारी लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडको अवस्था भएकाले ऋणीहरू समस्यामा परेको उनले बताए । 


Author

थप समाचार
x