सुशासन

नेपाल वायु सेवा निगमका  विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली

इकागज |
पुस १९, २०८० बिहीबार १६:२० बजे

काठमाडौं– नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चालक शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएको  भन्दै आयोगले बिहिबार मुद्दा दायर गरेको छ । 

२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौँ तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको  आयोगले जनाएको छ ।


उनले भारतको सेकेन्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भीएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह  उत्तीर्ण गरेको  शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालक भएका थिए । आयोगले उनलाई  भ्रष्टाचार निवारण ऐन २०५१ बमोजिम सजाय गर्न माग गरेको छ । 


Author

थप समाचार
x