सुशासन

सेवावधि थप गर्न घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:१४ बजे

फाइल तस्बिर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट श्रीविश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकाहा-घिउराका प्रधानाध्यापकविरुद्ध ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानाध्यापक राकेशकुमार ठाकुरले करार अवधि थप गर्न घुस लिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार  ठाकुरले घुस रकम दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई पैसा लिन लगाएका थिए ।


आयोगले अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएकाले प्रधानाध्यापक ठाकुरविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरेको हो । जरिवाना तथा सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घुस रकमसहित ठाकुर र झालाई गत चैत ३० गते आयोगले नियन्त्रणमा लिएको थियो । आयोगले घुस लिने कार्यमा झाको पनि संलग्नता देखिएकाले झाविरुद्ध मुख्य अभियुक्त सरह ३ लाख रुपैयाँको बिगो कायम गरी सजायको दाबी गरेको छ ।


Author

थप समाचार
x