फुटबल

आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा

इकागज |
बैशाख ९, २०८१ आइतबार १०:२३ बजे

काठमाडौँ- आर्सनल फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा उल्भ्सलाई २-० गोलअन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।


आर्सनलको जितमा लियान्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक-एक गोल गरे ।

उल्भ्समाथिको जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलले ३३ खेलबाट ७४ अंक जोडेको छ ।

दोस्रो स्थानमा झरेको साविक विजेता म्यानचेस्टर सिटीको ३२ खेलमा ७३ अंक छ । तेस्रो स्थानको लिभरपुलको भने ३२ खेलमा ७१ अंक छ ।


Author

थप समाचार
x