फुटबल

महिला खेलाडीमाथि हातपात गरेपछि भारतीय फुटबल संघका एक पदाधिकारी निलम्बित

इकागज |
चैत २०, २०८० मंगलबार १७:१८ बजे

काठमाडौँ- महिला फुटबल खेलाडीमाथि हातपात गरेका अल-इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले आफ्ना एक कार्यकारी सदस्यलाई निलम्बन गरेको छ ।

गोवामा सम्पन्न इन्डियन वुमन्स लिग-२ का क्रममा दुई महिला फुटबल खेलाडीमाथि हातपात गरेका एआईएफएफका कार्यकारी सदस्य दिपक शर्मालाई निलम्बन गरिएको भारतीय संचारमाध्यम न्यूज१८ ले जनाएको हो ।


उनलाई अर्को सूचना जारी नहुन्जेलसम्म फुटबलसम्बन्धी कुनै पनि कार्यमा लाग्नबाट समेत रोकिएको छ ।

खेलाडीबाट गुनासो आएपछि एआईएफएफका पदाधिकारिहरुको आकस्मिक बैठकले शर्मालाई निलम्बन गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x