फुटबल

साफ च्याम्पियनसीपः फाइनल प्रवेशका लागि नेपालले भोलि भारतविरुद्ध खेल्दै

इकागज |
फागुन २३, २०८० बुधबार १६:४६ बजे

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपअन्तर्गत आयोजक नेपालले भोलि भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुने तालिका रहेको छ ।


भारतविरुद्ध मैदानमा उत्रँदा नेपालको उद्देश्य भनेको प्रतियोगिताको फाइनलमा प्रवेश गर्नु हुनेछ ।

चार टिमबीच राउन्ड रोबिन आधारमा जारी प्रतियोगिताको फाइनलमा प्रवेशका लागि नेपालले भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।

दुई खेल जितेको बंगलादेश ६ अंकसहित फाइनलमा प्रवेश गरिसकेको छ । यता समान दुई-दुई खेलमा एक-एक जित हात पारेको भारत र नेपालले ३-३ अंक हात पारेपनि गोलअन्तरमा भने भारतमाथि छ ।

त्यसैले भारतलाई पछाडि पार्न नेपालले भोलिको खेल जित्नै पर्छ । भारतलाई भने फाइनलमा पुग्न नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।

अर्कोतर्फ लगातार दुई खेलमा पराजय भोगेको भुटान भने प्रतियोगिताबाट एक खेलअगावै बाहिरिसकेको छ ।


Author

थप समाचार
x