फुटबल

भारतसँग हार्दै नेपाल साफ यू-१९ च्याम्पियनसीपबाट बाहिरियो

इकागज |
माघ २३, २०८० मंगलबार १६:४८ बजे

काठमाडौँ- नेपाल साफ यू-१९ महिला फुटबल च्याम्पियनसीपको लिग चरणबाटै बाहिरिएको छ ।

बंगलादेशको ढाकामा मंगलबार लिग चरणको अन्तिम खेलमा भारतसँग ४-० गोलअन्तरको पराजय भोग्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।


यसअघि नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ गोलअन्तरको पराजय भोगेको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो ।

भारतले भने पहिलो खेलमा भुटानलाई १०-० ले पराजित गर्दा बंगलादेशसँग १-० गोलअन्तरको हार बेहोरेको थियो ।

तर नेपालमाथिको जितसँगै बंगलादेश र भारत दुवै फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबारको खेलमा भारतलाई जित दिलाउन नेहाले २ तथा सुलन्जना राउल र सिन्डीले एक-एक गोल गरे ।


Author

थप समाचार
x