फुटबल

वाफ महिला च्याम्पियनसीपः नेपालले पहिलो खेल सिरियाविरुद्ध खेल्ने

इकागज |
माघ २२, २०८० सोमबार १६:५७ बजे

तस्बिरः एन्फा

काठमाडौँ- साउदी अरेबियामा आयोजना हुने वाफ महिला फुटबल च्याम्पियनसीपको पहिलो खेलमा नेपालले सिरियाको सामना गर्ने भएको छ ।

च्याम्पियनसीपका लागि सोमबार भएको 'ड्र' अनुसार नेपाल समूह 'बी' मा परेको छ । यस समूहमा प्यालेस्टाइन, सिरिया र इराक पनि रहेका छन् । समूह 'ए' मा भने आयोजक साउदी अरेबिया, गुआम, लेवनान र जोर्डन रहेका छन् ।


तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल सिरियाविरुद्ध फेब्रुअरी २० मा खेल्नेछ । नेपालले दोस्रो खेल इराकविरुद्ध फेब्रुअरी २० तथा समूह चरणको अन्तिम खेल प्यालेस्टाइनविरुद्ध फेब्रुअरी २४ मा खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताका सबै खेलहरू जेद्दाहस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछन् ।

समूह चरणका खेलपछि दुवै समूहबाट २-२ टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


Author

थप समाचार
x