फुटबल

युभेन्टसविरुद्ध इन्टर मिलानको संघर्षपूर्ण जित

इकागज |
माघ २२, २०८० सोमबार १२:४० बजे

काठमाडौँ- इटालियन सिरि ए फुटबलअन्तर्गत शीर्ष स्थानको इन्टर मिलानले दोस्रो स्थानको युभेन्टसमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

आइतबार राति सम्पन्न लिगको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोलअन्तरले पराजित गर्‍यो ।


युभेन्टसका फेडेरिको गाट्टीले गरेको आत्मघाती गोलकै मदतमा इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको हो । युभेन्टसका फेडेरिकोले ३७ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

जितसँगै शीर्ष स्थानको इन्टर मिलानले २२ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको युभेन्टसले २३ बाट ५३ अंक हात पारेको छ ।


Author

थप समाचार
x