फुटबल

फिफा विश्वकपः फ्रान्स सेमिफाइनलमा, इंग्ल्यान्ड बाहिरियो

इकागज |
मंसिर २५, २०७९ आइतबार २:४६ बजे

काठमाडौँ- फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स अन्तिम ४ मा प्रवेश गरेको हो ।

फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्यो । फ्रान्सका लागि औरेलिएन चौमेनी तथा ओलिभिएर जिरुडले एक-एक गोल गरे । इंग्ल्यान्डका लागि ह्यारी केनले एक गोल फर्काए ।


चौमेनीले १७ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि केनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर जिरुडले ७८ औँ मिनेटमा गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

फ्रान्सले अब मोरक्कोको सामना गर्ने भएको छ ।  


Author

थप समाचार
x