फुटबल

फिफा विश्वकपः फ्रान्स र इंग्ल्यान्डबीच खेल हुने

इकागज |
मंसिर २४, २०७९ शनिबार १०:५३ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि क्वार्टरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा मोरक्कोले पोर्चुगल तथा दोस्रो खेलमा इंग्ल्यान्डले फ्रान्सको सामना गर्ने तालिका रहेको छ ।

मोरक्को र पोर्चुगलबीचको खेल अल थुमामा स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ । प्रि-क्वार्टरफाइनलमा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउट तथा पोर्चुगलले स्विट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गरेर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।


इंग्ल्यान्ड र फ्रान्सबीचको खेल भने अल बायट स्टेडियममा राति १२:४५ बजेबाट सुरु हुनेछ । यसअघि इंग्ल्यान्डले सेनेगललाई ३-० तथा फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गरेको थियो ।


Author

थप समाचार
x