फुटबल

फिफा विश्वकपः अर्जेन्टिना सेमिफाइनलमा, क्रोएसियाविरुद्ध खेल्ने

इकागज |
मंसिर २४, २०७९ शनिबार ३:४३ बजे

काठमाडौँ- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिम अन्तिम चारमा प्रवेश गर्यो । अर्जेन्टिनाले खेल ४-३ ले जित्यो ।

अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लियान्ड्रो पारेडेस, गोन्जालो मान्टेल र लाटारो मार्टिनेजले गोल गरे । इन्जो फर्नान्डेजले गोल गर्न सकेनन् ।


नेदरल्यान्ड्सका स्टेभेन बर्गुइस र भर्गिल भान गोल गर्न सकेनन् । टेउन कुपमेनर्स, उट वेघर्स तथा ल्युक डि जोङले गोल गरे ।

यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा अर्जेन्टिना र नेदरल्यान्ड्सले २-२ गोलको बराबरी खेले ।

अर्जेन्टिनाका लागि नाहुएल मोलिना तथा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरे । नेदरल्यान्ड्सका लागि दुबै गोल उट वेघर्सले फर्काए ।

मोलिनाले ३५ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जन्टिनाको अग्रता दोब्बर बनाए ।

तर उटले नेदरल्यान्ड्सका लागि ८३ औँ मिनेट तथा दोस्रो हाफको इन्जरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने भएको छ । क्रोएसियाले ब्राजिललाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।


Author

थप समाचार
x