फुटबल

दक्षिण कोरियामाथि घानाको रोमाञ्चक जित

इकागज |
मंसिर १२, २०७९ सोमबार २०:४७ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत घानाले पहिलो जित हात पारेको छ । समूह 'एच' अन्तर्गत एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो खेलमा पोर्चुगलसँग ३-२ को पराजय भोगेको घानाले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणको सम्भावना जिवितै राखेको छ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।


 दक्षिण कोरियाविरुद्ध घानालाई जित दिलाउन मोहमद कुदुसले २ तथा मोहमद सालिसुले १ गोल गरे । दक्षिण कोरियाका लागि चो गुए-सङले दुवै गोल गरे ।

सालिसुले २४ औँ मिनेटमा गोल गर्दै घानालाई अग्रता दिलाए भने कुदुसले ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

तर, चोले ५८ औँ र ६१ औँ मिनेटमा दक्षिण कोरियाका लागि गोल गर्दै खेललाई २-२ को बराबरी पुर्‍याए । त्यसपछि घानाका कुदुसले ६८ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाए ।

यस समूहमा घाना र पोर्चुगलको समान ३-३ तथा दक्षिण कोरिया र उरुग्वेको समान १-१ अंक छ ।


Author

थप समाचार
x