फुटबल

फिफा विश्वकपः पोर्चुगललाई पराजित गर्ने उरुग्वेको लक्ष्य

इकागज |
मंसिर १२, २०७९ सोमबार १७:१५ बजे

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज राति समूह ‘एच’ मा रहेका पोर्चुगल र उरुग्वेबीच खेल हुँदैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल स्टेडियममा राति १२:४५ बजेबाट सुरु हुनेछ ।

उरुग्वेविरुद्ध मैदानमा उत्रदाँ पोर्चुगल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यस अघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ ले पराजित गरेको थियो ।


यता उरुग्वे भने पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा उरुग्वेले दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथ पाएको पोर्चुगल उपाधिको दावेदार मानिएको छ । तर विगत हेर्दा पोर्चुगलको सबैभन्दा उत्कृष्ट नतिजा भनेको सन् १९६६ को विश्वकपमा तेस्रो हुनु हो ।

पाँचौं पटक विश्वकप खेलिरहेका रोनाल्डोले पाँचै संस्करणमा गोल गर्न सफल भएका छन् ।

अर्कोतर्फ पोर्चुगललाई पराजित गर्दै उरुग्वे नकआउट चरणको सम्भावना कायम राख्न चाहन्छ ।

यी दुई टोलीले हालसम्म तीनपटक खेल भएपनि दुबै टिमले एक-एक खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।


Author

थप समाचार
x