फुटबल

क्रोयसियाले जित्दा क्यानाडा विश्वकपबाट बाहिरियो

इकागज |
मंसिर ११, २०७९ आइतबार २३:४४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत क्रोयसियाले पहिलो जित हात पारेको छ । समूह 'एफ' मा रहेको क्रोयसियाले क्यानाडालाई पराजित गर्दै पहिलो जित हात पारेको हो ।

क्रोयसियाले क्यानाडालाई ४-१ गोलअन्तरले पाखा लगायो । क्रोयसियालाई जित दिलाउन एन्ड्रेज क्रामारिकले २ तथा लोभ्रो माजेर र मार्को लिभाजाले १-१ गोल गरे । क्यानाडाका लागि एकमात्र गोल अल्फोन्सो डेभिजले गरे ।


डेभिजले खेलको दोस्रो मिनेटमै क्यानाडालाई अग्रता दिलाएका थिए । तर क्रोयसियाका क्रामारिकले ३६ औँ मिनेटमा खेललाई बराबरीमा ल्याउँदा लिभाजाले अग्रता दोब्बर बनाए । क्रामारीकले पुनः ७० औँ मिनेटमा गोल गरे । माजेरले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै क्रोयसियाको जित सुनिश्चित गरे ।

जितसँगै क्रोयसिया नकआउट चरण नजिक पुगेको छ । यसअघि पहिलो खेलमा क्रोयसियाले गोलरहित बराबरी खेलेको थियो ।

यता लगातार दुई खेलमा पराजय भोगेको क्यानाडा भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा क्यानाडाले बेल्जियमसँग १-० को पराजय भोगेको थियो । यस समूहमा क्रोयसिया र मोरक्कोको समान ४-४ अंक तथा बेल्जियमको ३ अंक छ ।


Author

थप समाचार
x