फुटबल

कोस्टारिकाद्वारा जापान पराजित

इकागज |
मंसिर ११, २०७९ आइतबार १७:४० बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत कोस्टा रिकाले पहिलो जित हात पारेको छ । अहमद बिन अली स्टेडियममा भएको समूह 'ई' अन्तर्गतको खेलमा कोस्टा रिकाले जापानलाई पराजित गरेको हो ।

कोस्टारिकाले जापानलाई १-० ले पराजित गर्‍यो । कोस्टारिकालाई जित दिलाउन केशर फुलरले ८१ औँ मिनेटमा गरेको एक मात्र गोल पर्याप्त रह्यो ।


यस जितसँगै कोस्ट रिकाले महत्वपूर्ण ३ अंक जोड्नुका साथै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि कायमै राखेको छ ।

यसअघि पहिलो खेलमा कोस्टा रिकाले स्पेनसँग ७-० को पराजय भोगेको थियो । अर्कोतर्फ जापानले भने पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गरेको थियो ।

यस नतिजासँगै समूह 'ई' बाट नकआउट चरणमा प्रवेश गर्ने चार वटै टिमको सम्भावना कायमै रहेको छ ।

जापान, कोस्टा रिका र स्पेनको समान ३-३ अंक रहेको छ । जर्मनी भने अंकविहिन छ ।


Author

थप समाचार
x