फुटबल

अर्जेन्टिनालाई हराएको साउदीले भोग्यो पराजय

इकागज |
मंसिर १०, २०७९ शनिबार २०:४८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत साउदी अरेबियाले पराजय भोगेको छ । समूह 'सी' अन्तर्गत एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्यान्डले साउदी अरेबियालाई २-० ले पराजित गरेको हो ।

पोल्यान्डलाई जित दिलाउन पियोट जिलिन्स्की र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे ।


जिलिन्स्कीले खेलको ३९ औँ मिनेटमा गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए । साउदी अरेबियाले भने ४४ औँ मिनेटमा गोल गर्ने अवसर गुमायो ।

पोल्यान्डका बियालेकले साउदी अरेबियाका अल-शेहरीमाथि फाउल गरेपछि साउदी अरेबियाले पेनाल्टी पाएको थियो । तर साउदीका डिफेन्डर सालेम अल्डावसरीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यता पोल्यान्डका लेवान्डोस्कीले भने ८२ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । लेवान्डोस्कीको विश्वकपमा पहिलो गोल हो ।

यसअघि पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोलअन्तरले पराजित गरेको थियो । पोल्यान्डले भने मेक्सिकोसँग पहिलो खेल गोलरहित बराबरी खेलेको थियो ।


Author

थप समाचार
x