फुटबल

फिफा अध्यक्षले गरे कतारको बचाउ

इकागज |
मंसिर ३, २०७९ शनिबार १५:३८ बजे

काठमाडौँ- विश्वकपको पूर्वसन्ध्यामा कतारको मानवअधिकार उल्लंघनको तथ्यांकको बारेमा पश्चिमा संचारमाध्यमले गरेको रिपोर्टिङमा पाखण्ड देखाएको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आरोप लगाएका छन् ।

विश्वकपअघि कतारमा आयोजित पत्रकार सम्मेलनका क्रममा कतार र प्रतियोगिताको पक्षमा वकालत गरे । कतारको विश्वकप आप्रवासी कामदारको मृत्यु तथा एलजिबिटी समुदायका मानिसप्रति कतारले गरेको व्यवहारलाई लिएर छायाँमा परिरहेको बीबीसीले जनाएको छ । 


इन्फान्टिनोले कतारमा सबैलाई समान व्यवहार भएको दाबी गरे । 

सन् २०२१ को फेब्रुअरीमा गार्जियन पत्रिकाले सन् २०१० मा कतारले विश्वकप आयोजनाका लागि स्वीकृति पाएपछि कतारमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका ६ हजार ५ सयभन्दा बढी आप्रवासी कामदारको मृत्यु भएको दाबी गरेको थियो । 
 


Author

थप समाचार
x