फुटबल

के फ्रान्सले विश्वकप उपाधि जोगाउन सक्छ ?

इकागज |
मंसिर ३, २०७९ शनिबार १२:२३ बजे

काठमाडौँ- नेसन्स लिगबाट झन्डै रेलिगेट भएको फ्रान्स कतारमा हुने विश्वकपमा उपाधि जोगाउने उद्देश्यले उत्रनेछ । साविक विजेता फ्रान्सले पछिल्ला ६ खेलमध्ये केवल एक खेलमा जित हात पार्दै विश्वकपमा सहभागिता जनाउँदैछ । तर फ्रान्सलाई अझै पनि उपाधि दावेदारको रूपमा हेरिएको छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्यामले बाध्य भएर घाइते भएका एन’गोलो कान्टे तथा पल पोग्बालाई टिममा अटाउन सकेनन् ।


तर फ्रान्स समूह ‘डी’ मा ट्युनिसिया, डेनमार्क र अस्ट्रेलियालाई पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश गर्ने उद्देश्य बोकेको छ । फ्रान्सका लागि समूह चरण लगभग सन् २०१८ झै छ, जहाँ उसले डेनमार्क, अस्ट्रेलिया र पेरुविरुद्ध खेल्दै सात अंकसहित समूह विजेता बनेको थियो ।

सन् १९५८ मा तेस्रो भएको फ्रान्सले सन् १९८२ मा चौथों तथा उन् १९८६ मा तेस्रो भएको थियो । तर फ्रान्सले भने पहिलो पटक विश्वकप भने आफ्नै घरेलु मैदानमा सन् १९९८ मा जित्यो ।

थिएरी हेनरी, डेभिड ट्रेजेगट तथा जिनेदाने जिदानेसहितको टिमले फाइनलमा ब्राजिललाई ३-० ले पाखा लगाउँदै उपाधि हात पारेको थियो । सन् २०१० को विश्वकपमा समूह चरणबाट बाहिरिएको फ्रान्सले भने सन् २०१८ को विश्वकपमा भने क्रोएसियालाई ४-२ ले पराजित गर्दै उपाधि जित्यो ।

यस वर्षको विश्वकपको दावेदार मानिएको फ्रान्स फाइनलसम्म नपुगेपनि कम्तिमा पनि सेमिफाइनलसम्म पुग्ने अपेक्षा राखेको हुनुपर्छ ।

समूह चरणबाट माथि गए उसले पोल्यान्ड वा मेक्सिको तथा क्वार्टरफाइनलमा इंग्ल्यान्ड वा नेदरल्यान्ड्सविरुद्ध खेल्न सक्छ । फ्रान्सले सेमिफाइनलमा ब्राजिल, बेल्जियम वा जर्मनीविरुद्ध खेल्ने सम्भावना रहन्छ ।


Author

थप समाचार
x