फुटबल

फ्रान्सेली फरवार्ड क्रिस्टोफरले विश्वकप गुमाउने

इकागज |
कात्तिक ३०, २०७९ बुधबार ११:३८ बजे

काठमाडौँ- फ्रान्स फुटबल टिमका फरवार्ड क्रिस्टोफर कुकुले कतारमा नोभेम्बर २० तारिखबाट सुरु हुन लागेको फिफा विश्वकप गुमाउने भएका छन् । अभ्यासका क्रममा मंगलबार खुट्टामा चोट बोकेपछि क्रिस्टोफरले विश्वकप गुमाउने भएको बीबीसीले जनाएको छ ।

बुन्डेसलिगामा आरबी लेपजिगका लागि खेल्ने २५ वर्षीय फरवार्ड क्रिस्टोफरले यस सिजनमा १५ खेलमा १२ गोल गरेका छन् । फ्रान्सले भने उनको स्थानमा आउने खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।


विश्वकपको समूह ‘डी’ मा रहेको फ्रान्सेली टोली बुधबार कतार प्रस्थान गर्दैछ । फ्रान्सले पहिलो खेल अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

 


Author

थप समाचार
x