अर्थ / बाणिज्य

स्कोडा नेपालले ल्यायो योजनाः ‘कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’

इकागज |
बैशाख १४, २०७९ बुधबार १६:५४ बजे

काठमाडौं – नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एम .ए .ब्लु. इन्टरप्राइजेज प्रा.लीले नयाँ योजना ‘कम्पलीट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स’ घोषणा गरेको छ । यस योजनामा ग्राहकहरूले १० लाख रुपैयाँको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् र गाडीको २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ पाउने कम्पनीले एक विज्ञप्ती जारी गर्र्दै जनाएको छ । 

एम .ए .ब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो । 
स्कोडा कुशक १० लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद सकिन्छ । ग्राहकहरूले २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ सेवा प्राप्त गर्नेछन् जसमा ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । 
स्कोडा कुशकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ । कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशक खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 
ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँ मै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिने कम्पनीको भनाइ छ । 
यसका साथै ग्राहकले स्कोडा कुशकसँग निःशुल्क एक्सेसरीज पनि पाउनेछन् ।


स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्टमा उपलब्ध छः एक्टिभ, एम्बिसन र स्टाइल। यसमा अवार्ड–विजेता नयाँ त्क्क्ष् प्रविधि सहितको १.० लिटर इन्जिन छ जसले ११५ पी.एस र १७८ एन.एम टर्क उत्पादन गर्छ ।
 


Author

थप समाचार
x