अर्थ / बाणिज्य

मंगलम सीपीभीसी प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

इकागज |
चैत १६, २०७८ बुधबार १८:४७ बजे

काठमाडौँ– मङ्गलम इण्डस्ट्रिजबाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरेको होे । 

लामो समयदेखि बजारमा आफ्नो उत्पादन बिक्री गरिरहेको मङ्गलमको सीभीसी र एचडीपीई पाइपले यसअघि नेपाल गुणस्तर मान्यता पाइसकेको कम्पनीले जनाएको छ ।


गुणस्तर तथा नापतौल विभागले नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको  गुणस्तर चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त हो ।  यो चिन्ह पाएका उत्पादनहरू गुणस्तरीय र बजारमा बिक्रि योग्य मानिन्छन् ।
 


Author

थप समाचार
x