अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
बैशाख ८, २०८१ शनिबार ७:१२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ८५ रूपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८ रूपैयाँ ६६ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ १७ पैसा रहेको छ ।


Author

थप समाचार
x