अर्थ / बाणिज्य

आज कुन देशको मुद्राको विनिमयदर कति छ ?

इकागज |
चैत ५, २०८० सोमबार १०:६ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ। 


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम गरिएको छ। 

सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७३ पैसा तोकिएको छ। 

त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३४ पैसा कायम गरिएको छ। 

अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८१ र बिक्रीदर ८७ रूपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७० पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ। 

यसैगरी सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ १२ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा कायम गरेको छ। 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
 


Author

थप समाचार
x