अर्थ / बाणिज्य

काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना

इकागज |
माघ ८, २०८० सोमबार १४:५२ बजे

काठमाडौँ- सडक व्यवसायीहरूले काठमाडौँ महानगरको कार्यालयमा धर्ना दिएका छन् ।

पछिल्लो समय व्यवसायीहरूमाथि महानगरले अत्याचार गरेको भन्दै विभिन्न संघसंगठनको अगुवाइमा उनीहरूले काठमाडौँ महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् । उनीहरूले निर्वाध रूपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् ।


त्यस्तै उनीहरूले यसअघि महानगरसँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकड गरेको उनीहरूले बताएका छन् ।

महानगरले साना व्यवसायीहरूको पूँजी समाप्त गर्ने गरि दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् ।


Author

थप समाचार
x