अर्थ / बाणिज्य

होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुट

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १७:१२ बजे

पोखरा– एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन् । रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरू लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे ।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पाेखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो ।

होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलहरू मध्यमा पर्न सफल छ । होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरूले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । 

 


Author

थप समाचार
x