अर्थ / बाणिज्य

भाइटीका थिममा एनसेलको लघु चलचित्र प्रतियोगिता

इकागज |
कात्तिक २१, २०८० मंगलबार १९:७ बजे

काठमाडाैँ – एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजुबहिनी, दिदी भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गरिरहेको छ ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्छन् । 


यस प्रतियोगितामा सहभागी हुन इच्छुक सबैले दिदी भाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्छ ।

भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज,डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्छ ।

उल्लिखित सबै कुरालाई ध्यानमा राखी सहभागीहरूले दिदीभाइबीचको सुमधुर सम्बन्धलाई मन छुने प्रस्तुतिमार्फत उजागर गर्दै आफ्नो कलाकारितामार्फत निर्णायक मण्डलको मन जितेर पुरस्कार जित्ने मौका पाउनेछन् । यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैयाँ नगद र तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

'हामी उदीयमान फिल्म निर्माताहरूका लागि प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । विभिन्न समूह र सहभागीहरूले आफ्नै कथा तथा प्रस्तुतिमार्फत देखाउने कला पक्कै राम्रो हुनेछ । अझै राम्रो पाटो भनेको हामी सधैं अरूको रचनात्मक प्रयासहरूबाट धेरै प्रेरणा लिईरहेका हुन्छौं,' एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

प्राप्त सबै भिडियोहरू मध्ये छानिएका भिडियोहरू भाइटीकाको दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ । निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह, मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालको निर्माता साहाना बज्राचार्य र फिल्म निर्माता अविन भोको एक निर्णायक मण्डलले यस प्रतियोगितामा प्राप्त भिडियोहरूको समिक्षा र मूल्यांङकन गर्नेछ । यस प्रतियोगिताका विजेताहरू कार्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिनेछ । 

सहभागी हुन ईच्छुकहरूको प्रतिक्रिया र अनुरोधका आधारमा यस प्रतियोगिताको भिडियो बुझाउने मिति कार्तिक २३ गतेसम्म थप गरिएको छ । थप जानकारी तथा सर्तहरूका बारेमा एनसेलको वेबसाइटमार्फत जानकारी लिन सकिन्छ । 
 


Author

थप समाचार
x