अर्थ / बाणिज्य

टेक स्टूडियोले ल्यायाे एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल अफर

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १७:२४ बजे

काठमाडौँ– टेक स्टुडियो प्रालिले 'एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्' भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ । 

यस योजनाले प्रत्येक चयनित मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान गर्छ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्, जसको प्रस्ताव मूल्य क्रमशः ३,९९९ रुपैयाँ, ४,९९९ रुपैयाँ र ६,९९९ रुपैयाँ तोकिएको छ।


एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन नि:शुल्क प्रस्ताव गरिएको छ । जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी)को खरिदमा केजीटेल १०६ मोबाइल फोन नि:शुल्क र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस)को खरिदमा नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १५०० रुपैयाँ, १,८०० रुपैयाँ र २,००० रुपैयाँ तोकिएको छ । यो प्रस्ताव नोभेम्बर १ तारिख २०२३ अर्थात् कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात् कात्तिक २४ गतेसम्म मात्र मान्य हुनेछ । 


Author

थप समाचार
x