अर्थ / बाणिज्य

बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्दै भिभो

इकागज |
कात्तिक १३, २०८० सोमबार १३:३४ बजे

काठमाडौँ – टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन रिलिज गर्ने मिति सार्वजनिक गरेको छ ।

केही समय अगाडी भिभोले भी२९ फाइभजी  सार्वजनिक गरेपछि, भिभोले बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरिरहेको हाे ।


यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको छ । भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्छ ।

भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङ लगायतका आकर्षक विशेषताहरू छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ जसले कम प्रकाशमा पनि उत्कृष्ट र शार्प पोट्र्रेहरू सुनिश्चत गर्छ ।

यसको साथै भी२९ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोड लगायत ५० एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ जसले आकर्षक र उत्कृष्ट तस्विरहरू खिच्न मद्दत गर्ने कम्पनीले जानकारी गराएकाे छ ।  

भिभो भी२९ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटोएचिङ प्रविधि रहेको छ । साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजी ग्लास रहेको छ । 

भी२९ई फाइभजी को बारेमा भिभो नेपालका जनरल म्यानेजर माईकल भन्छन् , ' हामीले भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रुपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको शुरु गरेका छौं । यो उत्कृष्ट उपकरणले नयाँ बेन्चमार्क सेट गर्दै अत्याधुनिक प्रविधिको साथमा सुरुचिपूर्ण डिजाइनमार्फत उत्कष्ट मोबाइल अनुभव प्रदान गर्दछ । हामी प्रयोगकर्ताहरूलाई धेरै कुराहरू गर्न मिल्ने, कनेक्ट गर्न मिल्ने र हरेक क्षणमा धेरै नयाँ अनुभवहरू बटुल्न सकिने उपकरण प्रदान गर्न पाउँदा निकै खुशी छौं ।'

यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ, जसले प्रयोगकर्ताहरूलाई दिनभर निर्धक्क भएर काम गर्न र उत्पादनशील रहन मद्दत गर्दछ । यसको इन्टेलिजेन्ट चार्जिङ सिस्टमले निर्बाध प्रयोगकर्ता अनुभव प्रदान गर्दै सहज कार्यसम्पादनको प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

साथै, भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ जसले तीव्र गतिमा सहज मल्टिटास्किङ, र स्वीफ्ट डाउनलोडहरू, हाई–डेफिनिशन स्ट्रिमिङ, र भिडियो कलहरूको लगायतका आकर्षक विशेषताहरू प्रदान गर्ने समेत कम्पनीले जनाएकाे छ । 

भी२९ई फाइभजी भिभोको फ्ल्यागशिप स्माटफोन हो जसले असाधारण कार्यसम्पादन र अत्याधुनिक क्यामेरा क्षमताहरू प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताको अनुभव र जीवनशैली वृद्धि गर्दै नयाँ बेन्चमार्क सेट गर्नेछ ।

प्रयोगकर्ताहरूले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको यहीँ कात्तिक १६(२ नोभेम्बर) देखि कात्तिक १९(५ नोभेम्बर) सम्म प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने कात्तिक २० गते अर्थात ६ नोभेम्बर, २०२३ मा यो फोन सार्वजनिक हुने कम्पनीले जनाएकाे छ । 


Author

थप समाचार
x