अर्थ / बाणिज्य

मध्यभोटेकोशी जलविद्युत आयाेजना अन्तिम चरणमा, प्रशारण भने अनिश्चित (भिडियाे रिपाेर्ट)

पुष्प श्रेष्ठ |
भदौ २५, २०८० सोमबार १७:४४ बजे

काठमाडाैं । काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको छ । 

२०७२ सालको महाभूकम्प, नाकाबन्दी, कोरोना र आन्तरिक अव्यवस्थापनका कारण सात वर्ष पर धकेलिएको यो आयोजना अब भने पूरा भएको हो । आयोजनाका अधिकारीहरुका अनुसार भदौ अन्तिम सातासम्म यसको निर्माण कार्य ९९.९ प्रतिशत पूरा भइसकेको छ । 


धेरै हण्डर र ठक्कर खाएको यो आयोजना पूरा हुन लाग्दा पनि यसको अर्काे चुनौती भने टरेको छैन । आयोजना बनिसकेपछि यसको बिजुली लैजाने प्रसारण लाइन भने निर्माण भइरहेको छ ।  

यो आयोजनाको बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सवस्टेशनदेखि रामेछापको न्यू खिम्ती हुँदै ढल्केबर पुर्‍याउने र अर्काे बाह्रविसेदेखि काठमाडौंको लप्सीफेदी सवस्टेशन हुँदै राष्ट्रिय ग्रीडमा जोड्ने गरी काम भइहरेको छ ।

तर यी दुवैतर्फका प्रसारण लाइन अनि बाह्रविसेमा निर्माणाधीन सवस्टेशन अझै पूरा नभएकाले प्रसारण लाइनभन्दा अघि नै मध्य भोटकोसी सम्पन्न भएपछि यसको बिजुली खेर जाने चिन्ता थपिएको छ । 

 


Author

थप समाचार
x