अर्थ / बाणिज्य

किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन

इकागज |
जेठ १५, २०८० सोमबार १७:२० बजे

काठमाडौँ– सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मल अनुदानका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।


उनले रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमा नै आपूर्ति सुनिश्चित गरिने समेत बताएका छन् । साथै मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने र स्वदेशमा नै रासायनिक मल कारखाना स्थापित गर्न काम अगाडि बढाइने अर्थमन्त्री डा. महतले बताए । 


Author

थप समाचार
x