अर्थ / बाणिज्य

मन्त्रिपरिषद्‌बाट आगामी आर्थिक वर्षको बजेट पारित

इकागज |
जेठ १५, २०८० सोमबार १६:१८ बजे

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसद्‌मा प्रस्तुत गर्न स्वीकृति दिएको छ ।

सोमबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको मन्त्रिपरिषद्‌को बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको सरकारकी प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 


सरकारले स्वीकृत गरेसँगै अब बस्ने संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

हरेक वर्ष १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 


 


Author

थप समाचार
x