अर्थ / बाणिज्य

अर्थविद् डा. गोविन्दराज पोखरेल भन्छन् :

'तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउन सक्छ'

इकागज |
चैत ६, २०७९ सोमबार १२:१९ बजे

फाइल तस्बिर

काठमाडौँ - अर्थविद् डा. गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अर्थविद् पोखरेलले मुलुकको पछिल्लो अर्थ व्यवस्थाप्रति चिन्ता जाहेर गरेका हुन् । 

उनले विकास खर्चलाई र देशमा तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिए । दल र नेता स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको उनको बुझाइ छ । 


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका अर्थविद् पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मुल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए । नेताहरूमा गम्भिरता नै नरहेको र सरकार तथा मन्त्रीहरूमा जिम्मेवारी लिने र संरचना सुधारमा लाग्ने भोक नरहेको उनको दाबी छ । 

‘जब हामीले विकास खर्च कम, चालु खर्च बढाउन थाल्यौँ, हुँदाहुँदा अहिले हामी ठूलो अन्तरमा आइसक्यौँ । अहिले विकास खर्चलाई त पूरै ऋण लिनुपर्ने अवस्था छ,' उनले भने, 'हाम्रो चालु खर्च तलब, भत्ता, पेन्सनहरू दिनलाई पनि ऋण लिनुपर्ने अवस्थामा हामी पुगेका छौँ । हिजो साँझ सम्मको देशको आर्थिक तथ्यांक हेर्दा यो मुलुक आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ।’

अर्थविद् पोखरेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्वसँगै नियम, कानून फेरबदलको खाँचो रहेको बताए । 


Author

थप समाचार
x